

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक भएको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको बताए। उनले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताए।

उनले राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका नातिलाई अघि सारेको पनि बताए। नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको उनको भनाइ छ। विविधतायुक्त, आर्थिक, सामाजिक अवस्था माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको बताए।

भट्टराईले भने, ‘पुस्तान्तरण विचारसहितको हुनुपर्छ। कुरामात्रै गरेर हुँदैन। राजावादीहरूले नातिलाई जुम्ला घुमाएर पुस्तान्तरण गरे। त्यतिले पुग्दैन‚ नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ। सम्पूर्ण देशलाई एकताबद्ध राख्न, छिटो आर्थिक विकास गर्न र सबैलाई न्यायको प्रत्याभूति गराउन अलिकति लेफ्टर्स सेन्टर डेमोक्रेटिक फोर्स चाहिन्छ।’
अध्यक्ष भट्टराईले वैचारिक राजनीतिक शक्तिको विकल्प नरहेको बताए।

