Aamsanchar

सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुल्यो

Author Image
आइतवार, भदौ ८, २०८२

रौतहट – रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। उनको घर भारतको मुजफ्फरपुर भएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजु कार्कीले जानकारी दिए । उनका अनुसार मृतक महिला ३५ वर्षीया रुवीकुमारी साह भएको र उनको माइत रौतहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी रहेको छ।

 

प्रवक्ता कार्कीका अनुसार मृतकका आफन्तले शवको सनाखत गरेका छन् भने मृतक महिलाको एक छोरा रहेको खुलेको छ। मृतक रुवी एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएकी थिइन् ।

उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरीले सुटकेस खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा रुबीको शव फेला परेको प्रवक्ता कार्कीले बताए।

Views: 601

प्रतिक्रिया (०)

सम्बन्धित खबर