

विराटनगर – कोसी प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चार विधेयकको विरोधमा नेपाल प्रेस युनियनले उल्टो जुलुस निकालेको छ । आइतबार प्रदेशसभानजिकै देवकोटा चोकबाट युनियमा आबद्ध पत्रकारहरू मोरङ कारागार नजिकैको हाट खोलासम्म पुगेका थिए ।

युनियनका अध्यक्ष श्रेष्ठले पत्रकारलाई दण्ड, सजाय र सञ्चार सामग्री प्रकाशन प्रसारण बन्द गराउने प्रावधान स्वीकार गर्न नसक्ने बताए ।

´हुबहु पास भएर पत्रकार कारागारतर्फ लग्नुपर्छ भन्ने सन्देश दिन उल्टो जुलुस निकालेका हौँ,`श्रेष्ठले भने ।


Views: 64

