

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्।

इजरायल गएर विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थियो । इजरायलमा उनीहरूले विपिनको रिहाइका लागि पहल गरिदिन इजरायलका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतसँग आग्रह गरेका थिए।

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गरिन्। राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताए।

Views: 83

