

काठमाडौं – नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ। आइतबारको तुलनामा आज ३ सय रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ३ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन आइतबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५ सय पुगेको थियो। सुनको मूल्य घटे पनि चाँदी भने बढेको छ। यसदिन ५ रुपैयाँले वृद्धि भएर एक तोला चाँदी २ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
Views: 65

