Aamsanchar

´स्वर्णविन्दु प्राशन थोपा` खुवाउने अभियान तत्काल स्थगन गर्नुपर्ने माग

Author Image
सोमवार, भदौ ९, २०८२

काठमाडौँ – बालरोग विशेषज्ञहरूले सरकारले अभियानकै रुपमा खुवाउन थालेको ´स्वर्णविन्दु प्राशन थोपा` खुवाउने अभियान तत्काल स्थगन गर्नुपर्ने बताएको छ।

बालरोग विशेषज्ञहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटी ९निपास०ले एक विज्ञप्ति निकाल्दै बालबालिकाको रोग प्रतिरोध क्षमता विकासका लागि भन्दै सरकारले सुरु गरेको स्वर्ण विन्दु प्राशन थोपा खुवाउने अभियान तत्काल स्थगन गर्नुपर्ने बताएको हो।

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक सेवा विभागको नेतृत्वमा आयुर्वेदिक पद्धतिबाट तयार गरिएको स्वर्णविन्दु प्राशन थोपा खुवाउन थालेको छ।

जसअनुसार हाल २५ वटा आयुर्वेदिक संस्थाहरूबाट स्वर्णविन्दु प्राशन थोपा खुवाउने अभियान सुरु भएको छ। गत ५ भदौमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको धनगढी पुगेर थोपा खुवाउने कार्यक्रमको शुभारम्भ गरेका थिए।

आयुर्वेद विभागले तिष्य नक्षत्रको दिन पारेर तोकिएको आयुर्वेद औषधालयहरूमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको मात्रामा खुवाएको छ।

सो कार्यक्रमबाट ६ महिनादेखि ५ वर्षसम्म वर्षसम्मका बालबालिकाहरू लाभान्वित हुनेछन्। ज्वरो, झाडापखाला, आउँ, रुघाखोकी,सर्दी भएका बालबालिकालाई भने यो खुवाइँदैन।

निपासले बालबालिकालाई खुवाइने स्वर्ण विन्दु थोपामा हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएको हुँदा शिशुहरूमा स्वर्णकल्पबाट प्रतिरक्षा प्रणालीको वृद्धि हुने आधारको अभाव, हेवी मेटल ९गोल्ड० सम्बन्धी जोखिम र औषधि व्यवस्था विभागमा दर्ता व्याच परीक्षण सार्वजनिक नभएको भन्दै अभियान स्थगित गर्न माग गरेको निपासका अध्यक्ष डा। अरुणकुमार न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

निपासले अभिभावहरू र चिकित्सकहरूलाई चार बुँदे सन्देशसमेत दिएको छ। ‘जसमा एक वर्ष मुनिका शिशुहरूलाई मह नदिनुहोस्, स्वर्ण भष्म इम्युन बुष्ट दावीबारे उच्च गुणस्तरीय प्रमाण नआएसम्म सावधानी अपनाउनुहोस्, बाल स्वास्थ्य बलिाये बनाउन स्तनपान, खोप, उचित पोषण र समयमै उपचार नै प्रमाणित उपाय होु, निपासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तै स्वर्ण सेवन पश्चात कुनै समस्या देखिएमा बालरोग विशेषज्ञहरूसँग तुरुन्त सम्पर्क गर्नसमेत निपासले अभिभावकलाई अनुरोध गरेको छ।

विभागले पहिलो चरणमा छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरूलाई स्वर्ण विन्दु प्राशाण थोपा खुवाउन थालेको थियो। त्यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका बनाएर स्वीकृत गरेको थियो।

विभागले सो कार्यक्रमका लागि करिब १ करोड बजेट विनियोजन गरेको थियो। विभागले २५ वटा संस्थालाई अधिकतम ५ लाखदेखि न्युनतम ३ लाख रुपैयाँका दरले बजेट उपलव्ध गराएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा। श्यामबाबु यादवले बताएका थिए।

निपासले औषधि व्यवस्था विभागमा दर्ता भएको नभएको राम्ररी प्रष्ट नभएको बताएको छ तर औषधि व्यवस्था विभागले भने केही विदेशी कम्पनीले भष्म दर्ता भएको र नेपालमा आयात गर्न मिल्ने अवस्था रहेको बताउँदै आएको छ।

तर स्वर्णविन्दु प्राशन भने सरकारले पहिलोपटक खुवाउन लागेको होइन। यसअघि तीनवटा जिल्लामा परीक्षणको रूपमा खुवाइसकिएको र उक्त कार्यक्रम त्यहाँ सफल भएपछि देशव्यापीरूपमा खुवाउने अभियान सञ्चालन गरेको हो।

यसअघि प्रादेशिक आयुर्वेद चिकित्सालय दाङ, पर्सा र चितवनमा परीक्षणका रूपमा खुवाइसकिएको छ। यी तीनवटै ठाउँबाट ६ हजारभन्दा बढी बालबालिकालाई यो थोपा खुवाइसकेको र यो खाएका बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पनि बढेको पाइएको हुँदा यस कार्यक्रमलाई विस्तार गर्ने निर्णय गरिएको हो।

यसका लागि आयुर्वेद तथा वैकल्पिक सेवा विभागले करिब एक करोड विनियोजन गरेको छ।

Views: 129

प्रतिक्रिया (०)