काठमाडौं – खनियाखर्क हुँदै सिन्धुलीसम्म फैलिएको वि.पी. राजमार्ग हाल नेपालका राष्ट्रिय महत्वका प्रमुख सडकमध्ये एक बनेको छ।

करीब १५८ किलोमिटर लम्बाइको यो राजमार्ग धुलिखेल हुँदै बर्दिवाससम्म विस्तार भएको छ। राजधानी काठमाडौंलाई तराई तथा पूर्वका पहाडी क्षेत्रसँग छोटो दूरीमा जोड्ने उद्देश्यले निर्माण गरिएको यो सडकले काठमाडौं–तराईबीचको यात्रा समय र दूरी उल्लेखनीय रूपमा घटाएको छ।

व्यापार, पर्यटन र यातायात सहज बनाउनुका साथै यसमार्गले जिल्लास्तरका शहरहरूलाई समेत राजधानीसँग सीधा सम्पर्कमा ल्याएको छ। यात्राका क्रममा देखिने हरियाली वन, घना पहाड, नदी–खोला र मनमोहक दृश्यहरूले वि.पी. राजमार्गलाई पर्यटनका दृष्टिले पनि विशेष महत्त्वपूर्ण बनाएको छ।



(तस्बिर : उद्दव श्रेष्ठ, सिन्धुली/एनएफपिजे नेपाल)
Views: 80

