Aamsanchar

शिखा (टुप्पी) को महत्वबारे इन्द्रप्रसाद ओलीको धारणा

Author Image
बुधवार, भदौ ११, २०८२

झापा । आज भगवान गणेशको प्राकाट्य दिवससँगै शिखा दिवस पनि रहेको अवसरमा राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल का अध्यक्ष इन्द्रप्रसाद ओलीले सम्पूर्ण वैदिक सनातनी जनसमुदायलाई शुभकामना दिएका छन्।

उनका अनुसार, शिरको टुप्पोमा नकाटी–नखौरी राखिने रौं अर्थात् शिखा ९टुप्पी० सनातन हिन्दू धर्ममा गहिरो आस्था र वैज्ञानिक महत्व बोकेको विषय हो। ओलीले भने,
“शरीरमा विभिन्न पञ्चतत्त्व रहँदा त्यसैको सन्तुलनमा टुप्पीले विशेष भूमिका खेल्छ। आकासबाट आउने पारावैजनी किरणलाई सकारात्मक ऊर्जामा रूपान्तरण गरी शरीरमा पुर्‍याउने काम टुप्पीले गर्छ।”

उनले टुप्पीलाई एण्टेनासँग तुलना गर्दै भने, “जसरी सञ्चारका तरङ्गहरू एण्टेनाले टिप्छन् र मोबाईल, रेडियो वा टेलिभिजन चल्छन्, त्यसैगरी शिखाले पनि शरीरमा सकारात्मक विचार प्रवाह गर्छ।”

ओलीका अनुसार, टुप्पी पाल्नु फेसन नभई स्वास्थ्य र अध्यात्मसँग सम्बन्धित अभ्यास हो। यसले बौद्धिक क्षमता वृद्धि गर्ने, अध्ययन–लेखनमा सहयोग गर्ने र ऋषिमुनिहरूको अथाह ज्ञानको आधार पनि यिनै कारण भएको जनाइएको छ।

“शारीरिक र वैज्ञानिक दुवै दृष्टिकोणले शिखाको विशेष महत्व छ। यसको सही अर्थ बुझाउन सक्यौं भने कुनै धर्म वा जात विशेषले मात्र होइन, सबै मानिसले शिखा राख्नेछन्,” ओलीले भने।

अन्त्यमा उनले शिखा दिवसका अवसरमा सबैमा जागरण ल्याउन आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन्।

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर