काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई हाजिर जमानीमा रिहा गरिएको छ। साइबर अपराधसम्बन्धी उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएपछि उनीहरू बुधबार प्रहरीमा उपस्थित भएका थिए।

प्रहरीले दुवैलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा पेस गरेको थियो। त्यसपछि सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेका हुन्।

उनीहरूविरुद्ध एक महिलाले साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी थिइन्। उक्त जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको भए पनि तत्कालका लागि अदालतमा मुद्दा दर्ता नगरी हाजिर जमानीमा छाडिएको हो।
Views: 157

