Aamsanchar

नेपालको पहिलो अनलाइन–अफलाइन पुस्तक बजार: ‘गुरुकुल पुस्तकालय’ सुरु

Author Image
बुधवार, भदौ ११, २०८२

झापा । नेपालको पहिलो अनलाइन र अफलाइन पुस्तक बजार (Marketplace) का रूपमा ‘गुरुकुल पुस्तकालय’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । यसमार्फत मानिसहरूले आफ्ना पुराना किताब बेच्न वा किन्न सक्नेछन् भने नयाँ किताबहरू पनि परम्परागत पुस्तक पसलभन्दा किफायती मूल्यमा पाउने सुविधा पाइनेछ ।

पुस्तकसँगै विद्यार्थीहरूको लागि विद्यालयदेखि उच्च तहसम्मका निःशुल्क नोट्सहरू पनि यस प्लेटफर्ममा उपलब्ध छन् । साथै, विशेष आकर्षणको रूपमा घरमै बनेको परम्परागत नेपाली थकुवा पनि विभिन्न स्वादमा किफायती मूल्यमा अर्डर गर्न सकिन्छ ।

गुरुकुल पुस्तकालयलाई झापाका सिमोन ताजपुरिया ले सुरु गरेका हुन् । हाल उनी कक्षा १२ मा Global Educational मा अध्ययनरत छन् । “शिक्षालाई सजिलो र सस्तो बनाउनुपर्ने सोचले नै यस पुस्तकालय सुरु गर्न प्रेरित गर्‍यो,” ताजपुरियाले बताए ।

उनका अनुसार यो प्लेटफर्मले विद्यार्थी, पाठक र पुस्तकप्रेमीलाई प्रत्यक्ष रूपमा जोड्नेछ । केवल कुरियर सेवा मात्र नभई खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाटमार्फत पनि कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

गुरुकुल पुस्तकालयमार्फत उपलब्ध सेवाहरू:

  • पुराना किताब किनबेच गर्ने सुविधा

  • बजारभन्दा सस्तो मूल्यमा नयाँ किताब

  • विद्यार्थीहरूको लागि निःशुल्क नोट्स

  • घरमै बनेको थकुवा विभिन्न स्वादमा

  • प्रत्यक्ष खरिदकर्ता–विक्रेता भेटघाटको सुविधा

गुरुकुल पुस्तकालयको उद्देश्य शिक्षालाई सस्तो, सुलभ र सबैका पहुँचमा पुर्‍याउने मात्र नभई नेपालका युवाबीच अध्ययन र पढ्ने संस्कृतिलाई प्रवर्द्धन गर्नु रहेको संस्थापक ताजपुरियाले बताएका छन् ।

 सम्पर्क: ९८२४९११४८२
 वेबसाइट: www.gurukulpustakalaya.com

Views: 325

प्रतिक्रिया (०)