Aamsanchar

सुनको मूल्य हालसम्मकै उच्च

Author Image
बिहिवार, भदौ १२, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ।

 

बुधबार प्रतितोला सुन १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासंघका अनुसार एक तोला चाँदी २ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार प्रतितोला चाँदी २ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर