Aamsanchar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक

Author Image
बिहिवार, भदौ १२, २०८२

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘क्याप्टेन स्मोक थ्री आर’ बताउने व्यक्तिले वेबसाइट ह्याक गरेका हुन् । ह्याकरले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट खुल्ने बित्तिकै एउटा सूचना राखिदिएका छन्, जसमा ह्याकरको नाम उल्लेख गरिएको छ ।

बिहीबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट पनि ह्याक भएको छ ।

यसअघि, उक्त साइटमा ‘ह्याक’ भएको उल्लेख गरिएको थियो । अहिले साइटमा ‘ह्याक’ उल्लेख नगरी ‘पेज नट फाउन्ड’ लेखिएको छ ।

हवाई कम्पनीहरूको नियमनकारी निकायको वेबसाइट ह्याक हुनु गम्भीर विषय भएको एक जानकारको टिप्पणी छ ।

तर, प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले ह्याक नभएको दाबी गरे । उनले अहिले साइट बनाउने काम भइरहेको बताए ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर