

काठमाडौं – गएको जेठयता देशमा जापानिज इन्सेफलाइटिसका कारण २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले भने, “जुलाईमा तीन र अगस्टमा मात्र १७ जनाले जापानिज इन्सेफलाइटिसका कारण ज्यान गुमाएको देखिन्छ ।”

तराईमा जापानिज इन्सेफलाइटिसको जोखिम बढी देखिएको उनले बताए । कोसी प्रदेशका झापा, मोरङ र तेह्रथुममा एकरएक गरी तीनजनाले ज्यान गुमाएका छन् ।
यस्तै, मधेसका रौतहट र बारामा दुईरदुई, चितवन र नवलपरासीमा तीनरतीन, अर्घाखाँचीमा एकजनाले जापानिज इन्सेफलाइटिसका कारण ज्यान गुमाएका डा। गौतमले जानकारी दिए ।
जापानिज इन्सेफलाइटिसका कारण पश्चिम नवलपरासीमा दुईजनाको मृृत्यु भएको छ । प्युठान, दाङ र बर्दियामा गरी तीनजनाको मृृत्यु भएको छ । यसबाट कैलालीमा एकजनाको मृत्यु भएको सरकारी तथ्यांक छ । जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्र्ने उनले बताए ।
सरकारको प्रयासबाट मात्र यसकोे रोकथाम र नियन्त्रण प्रभावकारी नहुने उनले उल्लेख गरे । व्यक्ति स्वयंले पनि सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, “यो रोग सुँगुर र हाँसलाई टोकेका लामखुट्टेले मानिसलाई टोक्दा सर्छ, मुख्य लामखुट्टेको टोकाईबाट बच्नुपर्र्छ ।”
विशेष गरी बिहान र बेलुका लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनले बताए । गत वर्र्ष देशमा जापानिज इन्सेफलाइटिसका कारण २५ जनाको मृत्यु भएको थियो । बर्खायाममा यो रोग बढी देखा पर्र्ने भएकाले घर वरिपरि सरसफाइ गर्नुपर्ने, खाल्डाखुल्डी पुर्र्नुपर्र्ने, पानी जम्न नदिनेलगायत विषयमा ध्यान दिन उनले सुझाव दिए ।
यो रोग लागेका मानिसमध्ये ३० प्रतिशतको मृृत्यु हुने गरेको उनले बताए । डेंगीभन्दा जापानिज इन्सेफलाइटिस जोखिमपूर्ण हुने उनले जानकारी दिए ।

