Aamsanchar

२ लाख नाघ्याे सुनको भाउ

Author Image
शुक्रवार, भदौ १३, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो। सुनको मुल्य पहिलो पटक दुई लाख नाघेको हो।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहिबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर