Aamsanchar

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा इक्यान झापाले २९ औं वार्षिकोत्सव मनायो

Author Image
शुक्रवार, भदौ १३, २०८२

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले २९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ ।

शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय इक्यानले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा यस वर्ष इक्यान झापाले अर्जुनधारा–६, कप्तानबारीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा सहयोगसहित वार्षिक उत्सव मनाएको हो ।

इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक उत्तरदायित्व (ऋक्च्) संयोजक प्रकाश पराजुलीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारे ।

कार्यक्रममा इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टले संस्थाको २९औँ वार्षिकोत्सवको शुभकामना व्यक्त गरे । सो अवसरमा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलालले केन्द्रको गतिविधि बारे जानकारी दिँदै अपाङ्गता भएका बालबालिकाको आवश्यकता पूर्तिमा सहयोगी बनेको इक्यान झापाप्रति आभार व्यक्त गरे ।

उनका अनुसार, इक्यान झापाले केन्द्रलाई खानेपानी तान्ने मेसिन प्रदान गरेर सहयोग गरेको हो ।

कार्यक्रमको सञ्चालन इक्यान झापाका सचिव अशोक भण्डारीले गरेका थिए । कार्यक्रममा इक्यान झापाका पदाधिकारी, सदस्य तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

इक्यानले अपाङ्गता भएका व्यक्ति र संस्थालाई सहयोग गर्नु समाजमा शिक्षा मात्र नभई सामाजिक न्याय र अवसरमा समानताको आवश्यकता रहेको सन्देशका रुपमा लिइएको छ । यसले समावेशी समाज निर्माण, मानवीय सहानुभूति र सकारात्मक प्रतिमान स्थापित गर्ने कार्यमा योगदान पु¥याएको सहभागिहरूले बताएका छन् ।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर