

काठमाडौं – भारतको गुहाटीमा जारी आसामसँगको पाँच खेल सम्मीलित टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’टिमले आसामलाई १७४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।


टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको हो।


नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए। उनले २३ बलमा १ चौका र ३ छक्का प्रहार गरेका हुन्। ओनपर देव खनालले ३१, पवन सर्राफले ३१, आदिल आलमले १४ र वसिर अहमदले २७ रन बनाए। विवेक कुमार यादव २६ र कमलसिंह ऐरी १ रनमा अविजित रहे।
आसामका लागि बलिङमा आकाश सेनगुप्ताले सर्वाधिक ३ विकेट लिए। अभिनव चौधरीले २, आयुष्मान मालाकर र अभिलाश गोगोइले १–१ विकेट लिए।
नेपालले पहिलो खेलमा आसामसँग डील प्रणालीको आधारमा १५ रनको हार बेहोरेको थियो।
Views: 85

