

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन गरेको छ।


‘कमिसनको खेल’ भएको आरोप लगाउँदै यसको मारमा आम नागरिक परेको नेकपा बहुमतले जनाएको छ। प्रदर्शनमा सहभागीहरूले इम्बोस्ड नम्बर प्लेटको ठेक्का तत्काल खारेज गर्न माग गरेका थिए।

उनीहरूले योजना लागू गर्ने प्रक्रिया अपारदर्शी भएको, विदेशी कम्पनीलाई फाइदा पुग्ने गरी ठेक्का दिइएको र जनहितविपरीत कदम चालेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए। इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपिको प्रयोग तथा अत्यधिक शुल्कलाई पनि उनीहरूले विरोध गरेका थिए।
Views: 61

