Aamsanchar

लिपुलेकबारे आवाज उठाउनुहुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिए

Author Image
शुक्रवार, भदौ १३, २०८२

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिपुलेकबाट भारत-चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरुले लिपुलेक, लिम्यिाधुराको सीमा मिचेर भारत र चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउनुहुन्छ? भन्दै प्रश्न गरेका थिए।

जसमा प्रधानमन्त्री ओलीले अवश्य उठ्ने जवाफ दिए। चीनको तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ)शिखर सम्मेलनमा भाग लिन ओली चीन जाँदै छन्।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर