Aamsanchar

डा. अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्ने आदेश

Author Image
शुक्रवार, भदौ १३, २०८२

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको हो। प्रहरीले बयानका लागि पाँडेलाई आज बिहान जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो।

पाँडेको बयान सकिएपछि थुकछेक बहस भएको थियो। वादी र प्रतिवादी दुवैतर्फका वकिलको बहसपछि अदालतले पाँडेलाई धरौटीमा छोड्न आदेश भएको हो।

उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ। बिहीवार जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि चार दिनको म्याद दिएको थियो।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर