Aamsanchar

स्टार्टअप उद्यमीका रूपमा झापाका प्रज्वल विमली ट्याली एमएसएमई हनर्ष अवार्ड विजेता

Author Image
शनिवार, भदौ १४, २०८२

झापा –सफ्टवेयर उत्पादन कम्पनी **ट्याली सोलुशन्स प्रालि (भारत)**ले काठमाडौंमा आयोजना गरेको “ट्याली एमएसएमई हनर्ष” कार्यक्रम अन्तर्गत नेपालका २५ व्यवसायी पुरस्कृत भएका छन् ।
झापा बिर्तामोड–५ का प्रज्वल विमली, नेपाल एभरेष्ट कार्डमम प्रोसेसिङ एण्ड प्याकेजिङ प्रालिका सञ्चालक, नवपर्वतक व्यवसायी श्रेणीमा सम्मानित भएका छन् । उनलाई ट्याली सोलुशन्सका कार्यकारी निर्देशक नुपुर गोयन्का र नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले सम्मानपत्र प्रदान गरेका थिए ।
यस संस्करणमा २० हजार भन्दा बढी आवेदन परेका मध्ये ५ सय व्यवसायी छनोट भएका थिए । अन्ततः नेपालका २५ व्यवसायी मात्र पुरस्कृत भए भने कोशी प्रदेशबाट विमली एक मात्र व्यवसायी रहे ।
श्रेणीअनुसार पुरस्कृत
• नवपर्वतक व्यवसायी : प्रज्वल विमलीसहित गणेश पुनुवार, ऋणिराम अधिकारी, जेम्स श्रेष्ठ, विद्यानन्द झा
• महिला उद्यमी : अनिता तिम्सिना बस्नेत, संगीता कडरिया, सृजना खड्का, सुनिता शेर्पा, संगीता पाण्डे
• अनुभवी व्यवसायी : डा. रञ्जनकुमार दाहाल, डा. मनिता तिम्सिना, राजेन्द्रवहादुर सिंह, दिपककुमार झा, विनोदकुमार श्रेष्ठ, प्रकाश आचार्य, प्रत्युस आचार्य
• प्रविधि–केन्द्रित व्यवसायी : राजु ढकाल, रुपक शाक्य, डा. सुरेश कुमार मानन्धर, दिनेशप्रसाद पौडेल, हरि ढकाल
• सामाजिक प्रभाव पार्ने व्यवसायी : मनोज विक्रम साह, मनोहर कार्की, अञ्जल निरौला, सुमिता राउत, सवलचन्द साह
ट्यालीले प्रत्येक वर्ष सूक्ष्म, साना तथा मझौला उद्योग (MSME) लाई पहिचान, प्रेरणा र वृद्धिका लागि सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम गर्दै आएको छ ।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर