

धुलाबारी- इलाका प्रहरी कार्यालय धुलाबारी झापाले असामयिक निधन भएका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) स्व. इन्द्र बहादुर भुजेलको अन्तिम दाहसंस्कार सम्पन्न गरेको छ।

प्र.स.नि. भुजेलले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ड्युटी जानु अघि २०८२ भदौ १३ गते बिहान शौचालय जाँदै गर्दा अचानक लडेका कारण ज्यान गुमाएका थिए।

उनीप्रति रामघाटस्थित निन्दा खोलामा अन्तिम दाहसंस्कारका क्रममा इलाका प्रहरी कार्यालय धुलाबारी तथा प्रहरी परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक शलामी अर्पण गरेका थिए।

समर्पित र कर्मठ राष्ट्रसेवकका रूपमा परिचित भुजेलको निधनले प्रहरी संगठनलाई अपूरणीय क्षति पुगेको भन्दै प्रहरी परिवारले गहिरो शोक व्यक्त गरेको छ।
*प्रहरी सहायक निरीक्षक हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याईएकाे छ ।
Views: 304

