Aamsanchar

रहिनन् लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन

Author Image
आइतवार, भदौ १५, २०८२

काठमाण्डौ – लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी पुन लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको काठमाण्डौमा रहेको शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारकाक्रममा हिजो निधन भएको एमाले पोलिटब्यूरो सदस्य खेममान खड्काले जानकारी दिनुभयो । उपचारकाक्रममा दुई वटा अप्रेसन गरिएको थियो ।

तीन हप्ताअघि उहाँको मुटुको भल्बको शल्यक्रिया गरी कृत्रिम भल्ब राखिएको थियो । लगत्तै शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । पुन लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत हुनुहुन्थ्यो ।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर