Aamsanchar

कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुँइचो

Author Image
आइतवार, भदौ १५, २०८२

काठमाडौं –  काठमाडौंको हनुमानढोकामा रहेको कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

हनुमानढोकामा रहेको कागेश्वरी महादेव मन्दिरको ढोका वर्षमा एकपटक कागे अष्टमीका दिनमात्र खोल्ने गरिन्छ । कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने जनविश्वास छ ।

 

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर