Aamsanchar

डा. केसीले सत्याग्रह सुरु गरे

Author Image
आइतवार, भदौ १५, २०८२

काठमाडौं – सामाजिक अभियन्ता डा। गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । डा। केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै आजदेखि सत्याग्रह सुरु गरेका हुन् ।

उनले आइतबार (भदौ १५) पत्रकार सम्मेलन गर्दै निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिने आरोप लगाए ।

“निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ,” उनले भने, “शिक्षाको गुणस्तर खस्कनु भनेको स्वास्थ्य सेवामा ह्रास आउनु हो । सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धराप पर्दै गएको छ ।”

केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग उनको छ ।

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर