

काभ्रेपलाञ्चोक – सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अर्चलेमा २ वर्षीया बालिकाको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्चलेका रबिन रम्तेलको छोरी २ वर्षीया प्रिन्सिका रम्तेल रहेको प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक बल बहादुर माझीले जानकारी दिए ।


प्रहरीका अनुसार बालिकाको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबेर मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धान गरी बालिकाको शव पोस्टमार्टमको लागि सिन्धुली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
Views: 121

