Aamsanchar

देउवालाई पुनः सभापति बनाउन उक्साउने प्रयत्न

Author Image
आइतवार, भदौ १५, २०८२

नेपाली कांग्रेसको संस्थापन पक्षमा सभापति शेरबहादुर देउवाका निकटस्थ र विश्वासपात्र नेताहरूले “विधान संशोधन गरेर भए पनि पुनः सभापतिमा उठ्नुपर्छ” भन्ने दबाब दिइरहेका छन्। तर, यस्तो दबाबले कांग्रेसको सांगठनिक रुपान्तरण र पुस्तान्तरणको बाटो बन्द गर्दै, दलभित्रै अस्वस्थ प्रतिस्पर्धा बढाउने देखिएको छ।

देउवाको उमेर र शारीरिक अवस्थालाई बेवास्ता गर्दै गरिएको यस्तो आग्रह स्वयं देउवालाई द्विविधामा मात्र पारिरहेको छैन, सम्पूर्ण कांग्रेसलाई नै अन्धकारतर्फ धकेल्ने खतरा बढेको छ।

देउवा–समूहमै प्रतिस्पर्धा

देउवा समूहभित्रै सभापतिको आकांक्षा राख्ने नेताहरूको लामो सूची छ—डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, गगन थापा, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायत। यी आकांक्षीहरूबीच तीव्र प्रतिस्पर्धा र आपसी अविश्वास पनि देखिएको छ।

देउवाले स्पष्ट धारणा नदिँदा उनीहरूबीच नै शंका बढेको छ। यही अनिश्चिततालाई आधार बनाउँदै कतिपयले विधान संशोधनको कुरा अघि सारेका छन्, जसले कांग्रेसको भविष्य नै संकटमा पार्न सक्छ।

कांग्रेसलाई चिनाउँदै शेखर

यस्तो अवस्थामा कांग्रेसलाई सक्रिय र जीवित देखाउने भूमिका भने डा. शेखर कोइरालाले निर्वाह गरिरहेका छन्। पदाधिकारी नभए पनि उनी देशैभर निरन्तर दौडाहामा छन्, विसंगति र विकृतिप्रति खुलेर आवाज उठाइरहेका छन्।

शेखरले बारम्बार “सत्य बोल्नुस्” भन्ने सन्देश दिइरहेका छन्, जुन वास्तवमा पार्टीको वर्तमान अवस्थाको प्रतिविम्ब हो। अवसरवाद र दास प्रवृत्ति बढेको कांग्रेसमा सत्य बोल्ने संस्कारलाई उनले नै पुनः स्मरण गराइरहेका छन्।

बीपी कोइरालाले भनेझैँ “पहिला मझयअचबत बन्नुस्” भन्ने मन्त्रलाई आजको परिस्थितिमा सम्झनु आवश्यक छ। विधान संशोधन गरेर देउवालाई पुनः सभापति बनाउन खोज्नु लोकतान्त्रिक अभ्यास होइन, बरु कांग्रेस र लोकतान्त्रिक मूल्य दुवैलाई कमजोर बनाउने कदम हो।

Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर