

काठमाडौं – काठमाडौं महानगरपालिका–३५ चमतीबाट ३८ सय थान भेप(विद्युतीय चुरोट)तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ का ४२ वर्षीय कृष्णबहादुर गुरुङ छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकाहरू भरिया रहेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

उनीहरूले रमेश श्रेष्ठको घरको भुइँ तलाको कोठामा उक्त भेप भण्डारण गरेर राखेको पाइएको प्रहरीले बताएको छ । भन्सार छलेर उक्त भेप चीनबाट नेपाल भित्र्याइएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई भेपसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउन लागिएको प्रहरीले बताएको छ ।

