Aamsanchar

नायब सुब्बामा उल्टियो पदपूर्तिको व्यवस्था

Author Image
सोमवार, भदौ १६, २०८२

काठमाडौँ – ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति बनेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो ।

योसँगै प्रतिनिधिसभाले नायब सुब्बा पदमा शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था उल्टिएको छ । यसअघि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पारित गरेको सहसचिव पदको पदपूर्तिको व्यवस्था उल्टाएको थियो ।

विधायन व्यवस्थापन समितिले विधेयक माथिको दफावार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाएको थियो । प्रतिनिधिसभाले सहसचिवमा पनि शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था पारित गरेको थियो ।

 

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर