Aamsanchar

कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने प्रणाली विकसित

Author Image
मङ्गलवार, भदौ १७, २०८२

झापा  – कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ ।

उदयपुरमा अवस्थित राडारले देखाएअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने मौसमी प्रणाली विकसित भएको हो । यो प्रणाली उत्तर–पश्चिम दिशामा फैलिरहेको छ ।

यसको प्रभावले कोशी प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशी प्रदेशका तराई र पहाडी भूभागमा प्रतिघण्टा २५ मिलिमिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

 

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२