Aamsanchar

बिर्तामोडमै दक्षिण कोरियामा अध्ययनका लागि शैक्षिक परामर्श हुने

Author Image
मङ्गलवार, भदौ १७, २०८२


बिर्तामोड-अब दक्षिण कोरियामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । झापाको बिर्तामोडमै पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयमा अध्ययनका लागि शैक्षिक परामर्श दिने व्यवस्था भएको हो।
सुवेदी एण्ड एसोसिएट बिर्तामोड र राइट एजुकेसनल सर्विसेज प्रा.लिले संयुक्त रुपमा बिर्तामोडमै शैक्षिक परामर्श सेवा औपचारिक रूपमा सुरु गरेका छन्। यसबाट अब गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थी तथा अभिभावकलाई सहज हुने बताइएको छ।
दक्षिण कोरियामा गुणस्तरीय शिक्षा सस्तोमा पाउन सकिने भएकाले पछिल्लो समय विदेशी विद्यार्थीको आकर्षण बढ्दो क्रममा छ। कोरियाले सन् २०२७ सम्ममा तीन लाख विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य लिएको छ। नेपालका विद्यार्थी समेत त्यहाँ अध्ययनमा आकर्षित भइरहेका छन्।
यही सन्दर्भमा दक्षिण कोरियाका दुई विश्वविद्यालयका प्रतिनिधिहरु सहभागितामा यही भदौ २४ गते विर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्डमा एक दिने शैक्षिक अवलोकन कार्यक्रम (एजुकेशन सेमिनार) आयोजना हुने भएको छ। कार्यक्रममा सहभागी भई प्रत्यक्ष रूपमा विश्वविद्यालयका बारेमा जानकारी लिन विद्यार्थी र अभिभावकलाई आयाेजकले आग्रह गरेका छन्।
सुवेदी एण्ड एसोसिएटका रोशन सुवेदी र राइट एजुकेसनल सर्विसेज प्रालिका नबिन बोहोरा संयुक्त विज्ञप्तिमार्फत शैक्षिक परामर्शलाई अझ फराकिलो र भरपर्दो बनाउन आफूहरु प्रतिबद्ध रहेको जनाएका छन्।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर