Aamsanchar

दीपेन्द्र सिंह ऐरी अलराउन्डरको वरीयतामा एक स्थान तल झरे

Author Image
बुधवार, भदौ १८, २०८२

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी २० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा एक स्थान तल झरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा अफगानस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिँदा दोस्रो स्थानमा रहेका दीपेन्द्र तेस्रो स्थानमा ओर्लिएका छन्।

पहिलो स्थानमा भने भारतका हार्दिक पाण्ड्या यथावत् रहेका छन्। चौथो स्थानमा वेष्टइन्डिजका रोस्टन चेज यथावत् छन् भने पाँचौँ स्थानमा इङ्ल्यान्डका लियम लिभिङ्स्टोनले पनि आफ्नो स्थानमा पकड बनाइरहेका छन्।

अलराउन्डरमा ३४ औँ स्थानमा रहेका नेपालका कुशल भुर्तेलको स्थान यथावत् रहेको छ। गुल्सन झा ५९ औँ स्थानमा रहँदा कप्तान रोहित पौडेल, कुशल मल्ल र करण केसीले १–१ स्थान ओरालो झरेका छन्।

रोहित एक स्थान तल झर्दै ७० र कुशल ७१ औँ स्थान र करण केसी ८९ औँ स्थानमा रहेका छन्।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर