Aamsanchar

भद्रपुरमा वडाध्यक्षमाथि कुटपिट, कर्मचारी संगठनद्वारा निन्दा

Author Image
बुधवार, भदौ १८, २०८२

भद्रपुर ।  भद्रपुर नगरपालिका वडा नं. ३ को कार्यालयमा कार्यरत कार्यवाहक वडाध्यक्ष ध्रुव माया थापा पुलामीमाथि आज दिउँसो कुटपिट गरिएको छ। यस घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनका अनुसार, आज दिउँसो करिब २ बजे वडा कार्यालय अगाडि रहेको पसलमा खाजा खाइरहेका वडाध्यक्ष पुलामीमाथि सोही वडाकी सदस्य पुर्णमाया सुब्बाले हातपात तथा कुटपिट गरेका हुन्। घटना रोक्ने क्रममा कार्यालयमा कार्यरत कर्मचारीहरू मनिका बेगा, प्रमिला बुलुडर र गंगा बरालमाथि पनि आक्रमण भएको संगठनका झापा अध्यक्ष हरिण्य न्यौपानेले जनाएका छन ।

नेपाल निजामती कर्मचारी संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “जनताको सेवा गर्ने कर्मचारीमाथि कार्यालय समयभित्र भएको भौतिक आक्रमण निन्दनीय एवं अस्वीकार्य छ।” संगठनले घाइते वडाध्यक्ष र कर्मचारीहरूको आवश्यक उपचार र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै, घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायमा जोडदार माग गरेको छ ।

संगठनले चेतावनी दिंदै भन्यो, “यदि यस घटनालाई सामान्य रूपमा लिइयो र दोषीलाई उन्मुक्ति दिइयो भने, हामी सशक्त प्रतिवादमा उत्रिन बाध्य हुनेछौं।”

Views: 722

प्रतिक्रिया (०)

सम्बन्धित खबर