बिर्तामोड । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणलाई मुख्य कारोबार बनाउने सहकारी संस्थाहरूलाई साधारण सभा सञ्चालनका लागि नयाँ निर्देशन जारी गरेको छ।

सहकारी ऐन, २०७४ को दफा ३९९२० र दफा १०३९ज० को उपदफा ९१० बमोजिम जारी निर्देशन नं। ०२र२०८२र८३ अनुसार सहकारीको साधारण सभा अब सदस्य–केन्द्रित, मितव्ययी र सुशासनमा आधारित हुने बताइएको छ।

निर्देशनअनुसार सहकारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित निकायका गैर–सदस्य पदाधिकारी वा कर्मचारी साधारण सभामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। यस्तै, साधारण सभामा उद्घाटन सत्र, अतिथि आसनग्रहण वा मन्तव्यजस्ता औपचारिक कार्यक्रम नगरी सीधै एजेन्डामा प्रवेश गर्नुपर्नेछ।

सहकारी संस्थाले आवश्यक परेमा न्यूनतम संख्यामा मात्र गैर–सदस्य स्रोत व्यक्ति वा प्रतिनिधिलाई प्रारम्भमै परामर्श वा सदस्य शिक्षा दिन आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ कार्यसमिति चयनका लागि चाहिने निर्वाचन उपसमिति वा आवश्यक जनशक्ति भने सहभागी हुन सक्ने प्राधिकरणले जनाएको छ।


निर्देशनमा सहकारीले साधारण सभामा उद्घाटन, अतिथि सत्कार, यातायात खर्च, सहभागी भत्ता, उपहार, भोजभतेर जस्ता गतिविधिमा अनावश्यक खर्च नगर्नरनगराउन भनिएको छ। साथै, सभाको आयोजना सदस्यलाई पायक पर्ने स्थानमै गर्नुपर्ने र सम्पन्न भएको एक महिनाभित्र इमेलमार्फत प्राधिकरणलाई संक्षिप्त प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
निर्देशनको उल्लंघन भएमा प्रचलित कानूनअनुसार कारबाही हुने प्राधिकरणले विज्ञप्ति मार्फत चेतावनी दिएको छ।


