Aamsanchar

रेलको एक डिब्बा पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु

Author Image
बिहिवार, भदौ १९, २०८२

काठमाडौं – पोर्चुगलको राजधानी लिस्बनमा ग्लोरिया फ्युनिकुलर रेलको एक डिब्बा पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

दुर्घटना बुधबार साँझ ६ बजेतिर ९स्थानीय समय०भएको थियो। पोर्चुगलको आपतकालीन चिकित्सा सेवा प्राधिकरणले घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको बताएको छ। दुर्घटजनामा एकजना बालक पनि घाइते भएका छन्।

घटनास्थलमा धेरै मानिस फसेको अनुमान गरेपनि उद्दारकर्मीहरूले सबैको उद्दार गरिएको बताएका छन्। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । लिस्बनका मेयर कार्लोस मोइडेसले राजधानीका लागि यो ´दुःखद क्षण` भएको बताएका छन्।

सुरक्षाकर्मीका अनुसार मृत्यु हुनेमा विदेशी नागरिक पनि छन्। यद्यपि तिनीहरू कुन देशका हुन् भन्ने पुष्टि हुन सकेको छैन।

 

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर