Aamsanchar

नेपाल सरकारसँग मेटा कम्पनीको सम्पर्क, दर्ता प्रक्रियाबारे छलफल शुरु

Author Image
बिहिवार, भदौ १९, २०८२

काठमाडौं । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्देशन दिएलगत्तै विश्व चर्चित सोसल मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मालिक मेटा नेपाल सरकारसँग सम्पर्कमा आएको छ ।

संचार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सिंगापुरस्थित मेटाका प्रतिनिधिले शुक्रबार अनौपचारिक रुपमा मन्त्रालयसँग सम्पर्क गरी नेपालमा दर्ता प्रक्रियाबारे जानकारी मागेका हुन् । मन्त्री पृथ्वी सुब्बा गुरुङका सल्लाहकार शालिकग्राम पराजुलीसँग समेत मेटाका अधिकारीहरुले छलफल गरेका थिए ।

‘हामीले आवश्यक कागजात र प्रक्रियाबारे इमेलमार्फत जानकारी पठाइसकेका छौँ,’ प्रवक्ता ठाकुरले बताए, ‘अब चाँडै दर्ता हुने संकेत पाएका छौँ ।’

नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारले भर्खरै दर्ता नभएका सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो । हाल नेपालमा २६ वटा सामाजिक सञ्जाल र ओटीटी प्लेटफर्म दर्ता प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२