Aamsanchar

सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनायो

Author Image
शुक्रवार, भदौ २०, २०८२

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज (शुक्रबार)सुन हालसम्मकै उच्च दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा सुन प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च मूल्य हो । बिहीबार चाँदी दुई हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

 

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२