Aamsanchar

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी

Author Image
शनिवार, भदौ २१, २०८२

काठमाडौं – नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न सकेनन्।

 

खेलको १० औँ मिनेटमा बङ्गलादेशले गरेको गोल अफसाइड भएको हो। खेलको ३०औँ मिनेटमा नेपालका लागि मणि कुमार लामाले हानेको फ्री किकमा अनन्त तामाङको हेडको प्रयास सफल भएन।

खेलको ७६ औँ मिनेटमा मोहम्मद ताजु देनले पेनाल्टी बक्स बाहिरबाट हानेको सट नेपालका गोलकिपर किरण चेम्जोङले नियन्त्रणमा लिए। त्यसपछि दुवै टिमले केही प्रयास गरेता पनि सफल हुन सकेन।

यो दशरथ रंगशालामा करिब दुई वर्षपछि आयोजना भएको पुरुष फुटबलको अन्तर्राष्ट्रिय खेल हो। यसअघि नेपाली टिमले पछिल्लो पटक सन् २०२३ को नोभेम्बरमा यमनविरुद्ध दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो।
नेपालले अब मंगलबार बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल्ने छ। दशरथ रंगशालामै हुने यो खेल बेलुका ५स्३० बजेदेखि सुरु हुनेछ।

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर