झापा । हिजोको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति व्यवसायी दुर्गा प्रसाईले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै आन्दोलनमा घाइते भएका सबै साथीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

उनका अनुसार आन्दोलनमा घाइते भएकाहरूको उपचारका लागि झापास्थित बी एण्ड सी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ। आवश्यक परे थप सहयोगका लागि आफू सधैं जेन(जीसँगै रहने प्रतिबद्धता पनि उनले जनाएका छन्।

सरकारको रवैयाप्रति आक्रोश व्यक्त गर्दै प्रसाईले भने, “बच्चा मार्ने सरकार अझै सत्तामै बसिरहेको समाचारले रगत उम्लिएको छ। तिनकुने घटनामा जस्तै, यसपटकको आन्दोलनमा पनि सरकारले आफैं घुसपैंठ गराएर निर्दोष युवामाथि दमन गर्नु अक्षम्य अपराध हो।”

उनले अन्यायविरुद्धको संघर्ष जारी रहने बताएका छन्।

Views: 167

