Aamsanchar

कारागारबाट भागेका ४३१ कैदीले अदालतमा पुगेर गरे आगजनी

Author Image
बुधवार, भदौ २५, २०८२

कपिलवस्तु – कपिलवस्तु कारागारमा रहेका ४३१ कैदी वन्दीहरुले आज बिहान कारागारको गेट तोडेर भागेका छन् । बिहान करिब ६ बजेतिर कारागारका २ ब्लकमा रहेका ४५९ कैदीबन्दीमध्ये ४ सय ३१ जना भागेका हुन् । सो कारागारका २ ब्लकमा २८ जना कैदी बन्दीहरु भने कारागारबाट नभागेको कारागारका कैदी वन्दी नाईके राजु तिवारीले बताए ।

कारागारबाट भागेका कैन्दी वन्दीले जिल्ला अदालत कार्यालय पुगेर अदालत कार्यालयका विभिन्न कोठाहरुमा तोडफोड तथा आगजनी गरेका छन् । बेल्चा, हथौडा, पेटेल लगायतका सामाग्री बोकेर आएका कैदी वन्दीहरुले अदालतमा आगजनी गरेका हुन् । आफुहरुको मुद्धाका सवै मिसिल तथा कागजपत्रहरु यसै अदालतमा रहेको हुदा सो नष्ट गर्न आफूहरुले आगजनी गरेको एक कैदीले बताएको अदालत परिसरका एक सर्वसाधारणले बताए ।

आगजनीबाट अदालतमा विभिन्न फांटहरुमा रहेका महत्वपूर्ण कागजपत्रहरु जलेका छन् । अदालत परिसरमा रहेका सरकारी गाडी र मोटरसाईकलमा पनि तोडफोड तथा आगजनी गरेका छन् ।
कारागारबाट भागेर आफ्नो घरतर्फ जादै गरेका ६५ जना कैदी बन्दीलाई सुरक्षाकर्मीले तौलिहवा आसपासका विभिन्न क्षेत्रबाट पक्राउ गरी पुनः कारागार प्रशासनलाई बुझाएको नायब प्रहरी उपरीक्षक रिपेन्द्र सिंहले बताए ।

Views: 549

प्रतिक्रिया (०)