

विराटनगर – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङका कैदीबन्दी छुटाउने योजनासहित पुगेको समूहलाई प्रहरीले हवाई फायर गरेर तितरबितर पारेको छ ।

कारागारको मुख्य गेटमा करिब २–३ सयको संख्या पुगेकाहरुले नाराबाजी गर्दै कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग राखेका थिए । कारागार बाहिर प्रदर्शन हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
प्रहरीले करिब १५ राउण्डभन्दा बढी हवाई फायर गरेको छ । हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भिड तितरबितर भएको छ ।

कारागारको सुरक्षाका लागि डीएसपीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट टोली परिचालन गरिएको छ । कारागारको सुरक्षाका लागि सशस्त्र प्रहरीसमेत परिचालित छ ।

Views: 162

