झापा। देशभरका विभिन्न कारागारबाट विभिन्न समयमा भागेका कैदीमध्ये १ हजार ४५५ जनालाई प्रहरीले फेला पारी पक्राउ गरेको छ। तर अझै १२ हजार ८५२ जना फरार रहेको तथ्यांक सार्वजनिक भएको छ।

गृहमन्त्रालयका अनुसार पछिल्लो केही वर्षयता कारागार व्यवस्थापनमा चुनौती थपिएको छ। सुरक्षामा कमजोरी, राजनीतिक अस्थिरता, विद्रोही गतिविधि र कानुनी प्रक्रियामा ढिलाइका कारण कैदी भाग्ने घटना बढ्दै गएको छ।

पक्राउ परेकामध्ये धेरैजसो लुकिछिपी आफ्नै गाउँ–ठाउँमा फर्किएका, केही भारत र अन्य मुलुक हुँदै लुकिरहेका अवस्थामा पक्रिएका छन्। तर ठूलो संख्या अझै नियन्त्रणमा आउन सकेको छैन।

सुरक्षा निकायले भगौडाहरूमाथि निगरानी बढाएको दाबी गरेको छ। गृहमन्त्रालयले सीमावर्ती नाकामा चेकजाँच कडा गर्नेसहित आन्तरिक समन्वयमा थप सक्रियता आवश्यक रहेको बताएको छ।


Views: 93

