काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीले गरेको दमनका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार शान्तिपूर्ण ढंगले सुरु भएको प्रदर्शनमा मंगलबार प्रहरीको अत्यधिक दमनपछि आन्दोलन हिंसात्मक बन्दै गयो। त्यसक्रममा देशभरका विभिन्न स्थानमा ३४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार, निजामती कर्मचारी (सिभिल) अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेजमा २ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, वयोधा अस्पतालमा २ जना, सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, झापाको बीएनसी र बिर्तासिटी अस्पतालमा १–१ जना र बाँकेको भेरी अस्पतालमा ५ जनाको मृत्यु भएको छ।
Views: 101

