Aamsanchar

बेलुका ५ बजेपछि माेरङमा कर्फ्यु जारी

Author Image
बिहिवार, भदौ २६, २०८२

विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार (भदौ २६) बेलुका ५ बजेपछि कर्फ्यु आदेश लागु गरेको छ । जिल्लाभरि कर्फ्यु आदेश जारी गरिएको हो ।

योसँगै नेपाली सेना र सुरक्षाकर्मी विभिन्न स्थानमा खटिएर बाहिर रहेका सर्वसाधारणलाई घर फर्कन आग्रह गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहानै सूचना प्रकाशन गरी कर्फ्यु आदेशबारे जानकारी गराएको थियो । कर्फ्यु शुक्रबार (भदौ २७)बिहान ६ बजेसम्म कायम रहनेछ ।

दिनभरि भने निषेधाज्ञा कायम थियो । प्रशासनले अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवतजावत, भेला, सभा र जुलुसमा प्रतिबन्ध लगाएको छ । यो आदेश उल्लंघन गरे कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

Views: 95

प्रतिक्रिया (०)