Aamsanchar

सेनाले पूर्वराजालाई सत्ता हस्तान्तरण गर्दैछ भन्ने प्रचार भएपछि…..

Author Image
शुक्रवार, भदौ २७, २०८२

काठमाडौं – नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ।

नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ।

गएराति नेपाली सेनाले सत्ता पूर्वराजालाई हस्तान्तरण गर्दैछ भन्ने झुटा प्रचार भएपछि सेनाले आफ्नो धारणा स्पष्ट पारेको हो।

 

Views: 792

प्रतिक्रिया (०)

सम्बन्धित खबर