Aamsanchar

शीतलनिवास वार्ता अनिर्णयमा, संकटकालको छायाँ देशभर

Author Image
शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । शीतलनिवासमा भइरहेको वार्ता परिणाममुखी नबन्दै अन्योल बढ्दै जाँदा मुलुक संकटकालतर्फ धकेलिने सम्भावना बढेको देखिन्छ। आन्दोलनकारी पक्ष र सत्तापक्षबीच विश्वासको खाडल अझै कायमै रहेको छ।

स्रोतका अनुसार, राष्ट्रपति भवनमा भइरहेको वार्तामा प्रमुख एजेन्डामा ठोस सहमति बन्न नसक्दा वार्ता पटक–पटक स्थगित भइरहेको छ। आन्दोलनकारीहरूले प्रहरी दमन, थुनुवा रिहाइ र अन्तरिम राजनीतिक व्यवस्थाको माग उठाइरहेका छन् भने सरकार पक्ष अझै कडाइमा रहेको देखिन्छ।

यहीबीच सुरक्षा निकाय र प्रशासनिक वृत्तमा अस्थिरता चुलिँदै गएमा मुलुक संकटकाल घोषणा गर्ने विकल्पसमेत सरकारसमक्ष टेबुलमा रहेको बताइएको छ।

संविधानविद्हरूले भने संकटकाललाई अन्तिम विकल्प मात्र बनाइनुपर्ने सुझाव दिएका छन्। उनीहरूका अनुसार, शीतलनिवास वार्ता सफल नभए देश अझ ठूलो राजनीतिक तथा सामाजिक अराजकतातर्फ धकेलिन सक्ने खतरा छ।

Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर