Aamsanchar

सुलभराज श्रेष्ठ र आयुष थापा मगरको शव नेपालगञ्ज लगियाे

Author Image
शुक्रवार, भदौ २७, २०८२

नेपालगञ्ज -जेन–जीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपालगञ्जका सुलभराज श्रेष्ठ र आयुष थापा मगरको शव नेपालगञ्ज लगिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी श्रेष्ठका बुवा सोही दिन काठमाडौं आएका थिए । मृत्युपछि त्रिवि शिक्षण अस्पतालमा राखिएको उनीहरूको शव शुक्रबार नेपालगञ्ज लगिएको हो ।

काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ भेरी स्कूलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् ।

सुलभ नरेन्द्रका एक मात्रै छोरा हुन् ।

Views: 107

प्रतिक्रिया (०)