Aamsanchar

बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको माेटरसाइकल दुर्घटना, एक जनाकाे ज्यान गयाे

Author Image
शनिवार, भदौ २८, २०८२

झापा – झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–२ का ६० वर्षीय सोमनाथ दंगाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

शुक्रबार साँझ साढे ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई–७ स्थित बिरिङ पुल छेऊमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी कनकाई–२ का मोटरसाइकल चालक ३८ वर्षीय दिनेश कुमार थपलिया र सोही मोटरसाइकलमा दंगाल घाइते भएका थिए । दुवै घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज बिहान ६ बजे दंगालको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 1230

प्रतिक्रिया (०)