Aamsanchar

मुख्यमन्त्रीकाे चलाखी : फेसबुकबाट राजीनामा दिए,पठाएनन् पत्र

Author Image
शनिवार, भदौ २८, २०८२

जनकपुरधाम – मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले सामाजिक संजालमा राजीनामा गरे पनि आधिकारिक राजीनामा भएको छैन। जेनजी पुस्ताको चर्को आन्दोलनपछि देशमा भएको उलटपुलटपछि जनमतका अध्यक्ष डा. सिके राउतको निर्देशनमा उनले राजीनामा गरेका थिए।

तर मुख्यमन्त्री सिंहले राजीनामा सामाजिक संजालमा पोष्टयाए पनि प्रदेश प्रमुखको कार्यालयमा भने गएनन्। राजीनामा पत्र नबुझाएपछि अहिलेसम्म उनको पद कायमै रहेको छ। ‘नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’, फेसबुकमा उनले भनेका थिए।

तर, उनले राजीनामा दिएको पत्र शुक्रबार अबेर रातीसम्म पनि प्रदेश प्रमुखको कार्यालयमा नपठाएको खुलेको छ। मुख्यमन्त्रीले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा १६९ को उपधारा १ को ९क० मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ।

मधेश प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार अहिलेसम्म मुख्यमन्त्रीको राजीनामा पत्र कार्यालयमा प्राप्त भएको छैन। ‘मुख्यमन्त्री सिंहले राजीनामा दिनुभएको कुरा हामीले पनि फेसबुकमा हेर्यौँ। तर प्रदेश प्रमुखको कार्यालयलाई अहिलेसम्म लिखित राजीनामा पत्र कुनै पनि माध्यमबाट प्राप्त भइसकेको छैन’, उनले भने।

प्रदेश प्रमुख कार्यालयमा लिखित रुपमा राजीनामा नदिएको र स्वीकृत नभएकाले कानुनी रुपमा उनको हालसम्म मुख्यमन्त्री पद कायमै रहेको छ।

२५ जेठ २०८१ मा एमाले माओवादीसहित ७ दलको समर्थनमा सिंह मुख्यमन्त्री भएका थिए। पछि केन्द्रको घटनाक्रमले माओवादी केन्द्रसहितका दल निस्केको थियो भने काँग्रेस सहभागी भएका थिए।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर