Aamsanchar

ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

Author Image
शनिवार, भदौ २८, २०८२

काठमाडौँ – जेनजी पुस्ताको प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपसहित यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ।

पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका छन्।

आन्दोलनमा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख गर्दै जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप लगाइएको छ।

मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम पनि जाहेरीमा ससमावेश रहेको छ।

ओलीमाथि जघन्य अपराधको अभियोग लगाएर घटनाको गहिरो अनुसन्धान गर्न माग गरिएको छ ।

Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर