

काठमाडौँ – जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि क्रमश: खुल्ने भएका छन्। भौतिक रूपमा क्षति भएका बाहेकका विद्यालय तथा क्याम्पसहरुमा पठनपाठन नियमति गर्न लागिएको हो।

आधिकांश विद्यालयले बालबालिकाका अभिभावकलाई आजदेखि विद्यालय खुल्ने भन्दै सूचना पठाएका छन्। आन्दोलनका क्रममा भएका आगजानी, तोडफोडलगायतका घटनाले काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रका बालकालिका बढी मानोवैज्ञानिक त्रासमा छन्।

काठमाडौँ महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो।


विद्यालयमा कुनै क्षति भएरनभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले सूचनामार्फत अनुरोध गरेको छ।

